
काठमाडौं । आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रदेशसभाको समानुपातिकतर्फको मतगणना चलिरहेको छ ।
पछिल्लो मतगणनाअनुसार प्रतिनिधिसभातर्फ समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत नेकपा एमालेले एक लाख मत कटाएको छ। एमालेले अहिलेसम्म प्रतिनिधिसभा अन्तर्गत समानुपातिकतर्फ एक लाख एक हजार ६६५ मत पाएको छ ।
त्यस्तै कांग्रेसले अहिलेसम्म ८७ हजार २२५ मत पाएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले ४६ हजार ३५२ मत पाएको छ ।
त्यसैगरी नेकपा माओवादी केन्द्र ३८ हजार २८८ मतसहित चौथो स्थानमा छ भने राप्रपाले २५ हजार ९९८ मत पाएको छ ।
यस्तै, जसपा नेपालले ८ हजार १३४, जनमत पार्टीले ७ हजार ४६२, नागरिक उन्मुक्ति पार्टीले ५ हजार ४७६ मत पाएको छ ।
त्यसैगरी नेपाल मजदुर किसान पार्टीले ५ हजार ४३४, नेकपा एकीकृत समाजवादीले ५ हजार ८३ मत पाएको छ ।
प्रतिक्रिया दिनुहोस्