२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


काठमाडौं-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी गौतम विजयी


1.378k
Shares

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सोविता गौतम निर्वाचित हुनुभएको छ । आज बुधबार बिहान सकिएको मत गणनामा गौतम १५ हजार २२९ मतका साथ निर्वाचित हुनुभएको हो ।

उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार मणिराम फुँयालले ११ हजार पाँच सय ५५ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार कुन्तीदेवी पोखरेलले ११ हजार १४ र नेकपा (माओवादी केन्द्र) का उम्मेदवार ओनसरी घर्तीले ९ हजार ४ सय ४९ मत पाउनु भएको छ ।

काठमाडौं क्षेत्र नं २ मा प्रतिनिधि सभा सदस्यतर्फ ५२ हजार नौ सय ५६ मत खसेकोमा दुई हजार एक सय १६ मत बदर भएको थियो ।