
काठमाडौं । तनहुँ क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारी विजयी हुनु भएको छ । अन्तिम मतपरिणामअनुसार भण्डारी पाँच हजार ४ सय ७४ मतान्तरले प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनु भएको हो ।
भण्डारीले ३० हजार ६ सय ४ मत प्राप्त गरेका छन् भने उहाँका निकटतम् प्रतिद्वन्द्वी एमालेका किरण गुरुङले २५ हजार एक सय ३० मत पाउनु भएको क्षेत्र नम्बर दुई निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका विजय जोशीले पाँच हजार ३ सय ७३, राष्ट्रिय प्रजातन्त्र पार्टीका नरेन्द्रप्रताप महतले एक हजार ४ सय २१ मत प्राप्त गर्नुभएको छ ।
खसेको कुल मत ६८ हजार आठ सय १७ रहेको छ भने तीन हजार पाँच सय ८१ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । २०७४ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा भण्डारी सोही क्षेत्रबाट पराजित हुनु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्