
काठमाडौं । काठमाडौं क्षेत्र नं. ७ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गणेश पराजुली विजयी हुनुभएको छ ।
निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभा निर्वाचन २०७९ अन्तर्गत काठमाडौं क्षेत्र नं ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पराजुली ८ हजार ७ सय ४३ मत ल्याई विजयी हुनुभएको हो ।
उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का शिवकुमार घिमिरेले ६ हजार ८०० मत प्राप्त गर्नुभयो । नेकपा (माओवादी केन्द्र) की मानुषी यमी भट्टराईले ६ हजार ६३ मत पाउनु भयो ।
यसैगरी, क्षेत्र नम्बर ७ को प्रदेश सभा ‘क’ मा नेकपा (एकीकृत समाजवादी) का बसन्त मानन्धर ४ हजार १५३ मतसहित विजयी हुनुभएको छ । यसैगरी प्रदेश सभा ‘ख’ मा एमालेका उम्मेदवार प्रकाश श्रेष्ठ ५ हजार २१८ मतसहित विजयी हुनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्