
काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर १० मा नेपाली कांग्रेसका उम्मेदवार राजन केसी प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ । आज बुधबार बिहान सकिएको मतगणनामा कांग्रेसका केसी २ हजार ६ सय ६२ मतान्तरले निर्वाचित हुनुभएको हो ।
उहाँ १४ हजार ४ सय ४८ मत प्राप्त गरेर विजयी हुनुभयो । उहाँको प्रतिद्वन्द्वी नेकपा एमालेका हिमेश केसीले ११ हजार ७ सय ८६ मत प्राप्त गर्नु भएको छ । रास्वपाका प्रदीप विष्टले ८ हजार ७ सय ३६ मत प्राप्त गर्नुभयो ।
संविधान सभा निर्वाचन २०७० सालमा तत्कालीन नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पराजित गरेर संसदीय यात्रा थालेका केसीले लगातार तेस्रोपटक जित हासिल गर्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस्