१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


समानुपातिकतर्फको मतमा एमालेको अग्रता कायमै

'कांग्रेस दोस्रोमा रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा'

5.382k
Shares

काठमाडौं । देशभर समानुपातिक मत गणनामा नेकपा एमालेले अग्रता कायमै रहेको छ । निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार समानुपातिक मतमा अहिलेसम्म एमालेले २ लाख १८ हजार मत कटाएको छ ।

नेपाली कांग्रेसले १ लाख ९६ हजार मत प्राप्त गरेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले १ लाख १ हजार मत प्राप्त गरेको छ । चौथो स्थानमा रहेको नेकपा (माओवादी केन्द्र) ले ९१ हजार मत ल्याउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीले ५१ हजार बढी मत पाएको छ ।

यसैगरी, जसपाले १६ हजार मत ल्याउँदा जनमत पार्टीले १५ हजार मत कटाएको छन् । नेमकिपाको १३ हजार मत छ भने नेकपा एकिकृत समाजवादीले अहिलेसम्म ११ हजार मत पाएको छ ।