
काठमाडौं । आन्तरिक राजश्य विभागले गत आर्थिक वर्ष २०७७/०७८ सबै भन्दा बढी कर तिर्ने संस्था तथा व्यक्तिहरुलाई सम्मान गरेको छ ।
संस्थागततर्फ सुर्य नेपाल सबै भन्दा धेरै कर तिर्ने करदाता बनेको हाे । व्यक्तिगत करदातातर्फ भने सबै भन्दा धेरै कर तिर्नेमा विजयबहादुर शाह पर्नुभएको छ । शाह जावलाखेल डिष्टिलरी, हिमालयन डिष्टिलरी, राज ब्रुअरी, एशियन डिस्टिलरी र विजय डिष्टिलरी लगायतका कम्पनीका संचालक रहेका छन् । वि.स.२०७७ सालमा पनि शाह नै व्यक्तिगततर्फ धेरै कर तिर्ने ब्यक्तिमा पर्नुभएको थियाे । त्यस्तै आयकरतर्फ नेपाल दूरसंचार कम्पनी सबै भन्दा धेरै आयकर तिर्ने करदाता बनेको छ भने सबैभन्दा धेरै भ्याट तिर्ने कम्पनीमा गोर्खा ब्रुअरी परेको छ ।
निर्याततर्फ शिवशक्ति घ्यूँ र राजेश मेटल क्राफ्ट, कृषितर्फ ओसीबी फिड्स एन्ड फुड, लघुवित्ततर्फ छिमेक लघुबित्त वित्तीय संस्था र बैंकतर्फ नबिल बैंक धेरै कर तिर्नेमा परेका छन् । बीमा क्षेत्रमा नेपाल पुनर्बीमा कम्पनी, स्वास्थ्यतर्फ नोबेल टिचिङ हस्पिटल र पर्यटनतर्फ मनकामना केवलकार धेरै कर तिर्ने कम्पनीको रुपमा सम्मानित भएका छन् । यसैगरी ब्यापारतर्फ हंसराज हुलास प्रालि, उर्जातर्फ चिलिमे जलविद्युत, मध्यम स्तरीय करदातामा नेपाल स्टक एक्सचेन्ज सम्मानित भएका छन् ।
रेमिट्यान्स कम्पनीहरुमा आईएमई रेमिट्यान्स कम्पनी सबै भन्दा धेरै कर तिर्ने कम्पनी बनेको छ ।
प्रतिक्रिया दिनुहोस्