१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दाङ २ मा शंकर पोखरेललाई हराउँदै माओवादीकी रेखा शर्मा विजयी


1.17k
Shares

काठमाडौं । दाङ निर्वाचन क्षेत्र नम्बर २ मा एमाले महासचिव शंकर पोखरेललाई हराउँदै माओवादी नेता रेखा शर्मा विजयी हुनु भएको छ ।

सत्ता गठबन्धनबाट उम्मेदवार रहनु भएकी माओवादी नेता रेखा शर्मा २ सयभन्दा कम मतान्तरले विजयी हुनु भएको हो । शर्माले २६ हजार ८ सय ७७ मत प्राप्त गर्नुभयो भने एमाले महासचिव शंकर पोखरेलले दोस्रो स्थानमा रहेर २६ हजार १ सय ८९ मत प्राप्त गर्नुभयो  ।

दुई नेताबीचको अन्तर १ सय ९६ मत रहेको छ । शर्माको संसदीय यात्रा भने २०७० बाट सुरु भएको हो । उहाँ २०७० र २०७४ मा प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक प्रणालीबाट निर्वाचित हुनु भएको थियो ।निर्वाचन जिते लगत्तै संचारकर्मीहरुसँग कुराकानी गर्दे शर्माले दाङका जनतासँग सँगै रहने र उनीहरुका गुनासा हुनेगरी सुन्नेगरी काम गरेर देखाउने बताउनु भयो ।