२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


सिटाैलालाई पराजित गर्दै झापा क्षेत्र नम्बर ३ मा राप्रपाका लिङ्देन विजयी


1.196k
Shares

झापा । झापा क्षेत्र नम्बर ३ बाट राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन विजयी हुनुभएकाे छ ।

नेपाली काँग्रेसका नेता एवं पूर्व महामन्त्री कृष्णा प्रसाद सिटाैलालाई पराजित गर्दै लिङ्देन विजयी हुनु भएकाे हाे ।लिङ्देनले ४० हजार ६ सय ४८ मत प्राप्त गर्नु भएकाे छ ।

त्यस्तै सिटाैलाले ३७ हजार ३ सय ७२ मत प्राप्त गर्नु भएकाे छ । लगातार लिङ्देनले दुई पटक सिटाैलालाई हराउनु भएकाे हाे ।२०७४ मा पनि लिङ्देनले सिटाैललाई पराजित गर्नु भएकाे थियाे ।