
web pic
काठमाडौं । कर्णाली प्रदेशलाई ५ विकेटले हराउँदै सुदूरपश्चिम प्रदेशले राजधानीमा जारी वाई वाई यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजय शुरुवात गरेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा कर्णालीले दिएको १ सय २८ रनको लक्ष्य सुदूरपश्चिमले २६.२ ओभरमा ५ विकेट गुमाउँदै प्रतियोगितामा सुखद् शुरुवात गरेको हो ।
सुदूरपश्चिमको जितमा प्लेयर अफ दि म्याच घोषित भएका मिलन बोहोराले ४७ बलमा ४२ तथा दीपक बोहोराले १६ बल तथा दीपक बोहोराले २४ बलमा समान २०/२० रन बनाउन बाहेक सुनिल चन्दले अविजित ११ रन जोड्दा विशाल ऐरले ९ रनको योगदान गरे ।
बलिङतर्फ कर्णालीका लागि अनुज चुनाराले ३ तथा सन्दीप शाही र मोहन विकले समान १/१ विकेट लिए ।
प्रतिक्रिया दिनुहोस्