१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कास्की–१ बाट एमालेका मनबहादुर गुरूङ विजयी


273
Shares

काठमाडौं । कास्कीको क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का मनबहादुर गुरुङ विजयी हुनुभएको छ । सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका किशोरदत्त बराललाई २ हजार ६०९ मतान्तरले पराजित गरी गुरूङ विजयी हुनुभएको हो ।

एमालेका गुरुङले २५ हजार ७ सय ९८ मत प्राप्त गरी निर्वाचित हुनभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका बरालले २३ हजार १ सय ८९ मत प्राप्त गर्नुभयो भने राष्ट्रिय स्वतन्त्र पार्टीका राजु राई १० हजार ९ सय ४१ मतसहित तेस्रो हुनुभयो ।