६ चैत्र २०८१, बुधबार | Wed Mar 19 2025


कैलाली–५ बाट कांग्रेसका पन्त निर्वाचित, एमालेका नारदमुनी पराजित


429
Shares

काठमाडौं । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट नेपाली कांग्रेसका डिल्लीराज पन्त विजयी हुनुभएको छ । नेकपा (एमाले) का नारदमुनि रानालाई १ हजार ७४ को मतान्तरले पराजित गरी पन्त निर्वाचित हुनुभएको हो ।

पन्तले २१ हजार ३ सय ९२ मत प्राप्त गर्नुभयो भने उहाँका प्रतिद्वन्द्वी एमालेका रानाले २० हजार ३ सय १८ मत प्राप्त गर्नुभएको छ । यस्तै, स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसका पूर्व नेता पुष्करनाथ ओझाले ८ हजार ३ सय ४९ मत प्राप्त गर्नुभयो ।

यसअघि यो क्षेत्रबाट कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवालाई पराजित गरी राना निर्वाचित हुनुभएको थियो ।