
काठमाडौं । नायिका तथा नेकपा एमाले नेता करिश्मा मानन्धरले नेकपा एमाले पहिलो पार्टी बन्ने दाबी गरेकी छन्।
उनले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा एमाले पार्टी चौतर्फी घेराबन्दीमा परेर पनि राम्रो जनमत ल्याएको दाबी गरेकी छिन् ।
उनले समाजिक सञ्जालमा भनेकी छिन्, ‘चारैतिरबाट घेराउ हुँदा पनि हाम्रो पार्टीको जुन जनमत आएको छ त्यो राम्रो छ ।बाघलाई हायनाहरूले घेरेर चारैतिरबाट झम्टिएको जस्तो देखिन्थ्यो तर बाघ त बाघ हो।’
समग्रमा १ नम्बर पार्टी नेकपा एमाले नै बन्ने उनको दाबी छ । उनले थप लेखेकी छिन्,‘मधेसमा दुईजना महिला प्रतिनिधि जित्नु सानो कुरा होइन । सम्पूर्ण कम्रेडहरूलाई शुभकामना ।’
प्रतिक्रिया दिनुहोस्