
सिरहा । सिरहा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका लीलानाथ श्रेष्ठ विजयी हुनुभएको छ ।
श्रेष्ठ सत्ता गठबन्धनका उम्मेदवारलाई हराएर विजयी हुनुभएको हो । श्रेष्ठले २८ हजार ६४ मत पाएर विजयी हुँदा सत्ता गठबन्धनका साझा उम्मेदवार विश्वनाथ साहलाई साहले २६ हजार ८८२ मत ल्याउनु भएको थियो । श्रेष्ठलाई भने उपेन्द्र यादव नेतत्वको जनता समाजवादी पार्टीको समर्थन रहेको थियो । श्रेष्ठको प्रतिनिधि सभामा यो दोस्रो जित हो ।
उहाँ २०७४ मा पनि सोही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो । श्रेष्ठ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा कानून मन्त्री बन्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्