२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


सिरहा–२ बाट जसपाका राजकिशोर यादव विजयी, कांग्रेसकी चित्रलेखा यादव पराजित


1.482k
Shares

काठमाडौं । सिरहा क्षेत्र नं २ बाट जनता समाजवादी पार्टी (जसपा) नेपालका राजकिशोर यादव निर्वाचित हुनुभएको छ । नेपाली कांग्रेसकी चित्रलेखा यादवलाई एक हजार एक सय ५० मतान्तरले पराजित गर्दै राजकिशोर निर्वाचित हुनुभएको हो ।

राजकिशोरले २४ हजार १७८ मतसहित निर्वाचित हुनुभएको छ । उहाँका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी नेत्री चित्रलेखा यादवले २३ हजार २८ मत पाउनुभएको छ । त्यसैगरी जनमत पार्टीका उम्मेदवार विनोदकुमार यादव १६ हजार नौ सय दुई मत प्राप्त गरी तेस्रो हुनुभएको छ ।

सिरहा निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्यका लागि २४ जना उम्मेदवार प्रतिस्पर्धामा रहेको थियो ।