१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सुनसरी-१ मा जसपाका अशोक कुमार राई विजयी


182
Shares

सुनसरी । सुनसरी क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यमा जनता समाजवादी पार्टीका उम्मेदवार अशोककुमार राई विजयी हुनुभएकाे छ ।

उहाँले आज साेमबार १७ हजार ५९ मत प्राप्त गरेर विजयी हुनुभएकाे हाे। राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङलाई पराजित गर्दै राई विजयी हुनुभएकाे हाे । उहाँकी निकटतम प्रतिस्पर्धी स्वतन्त्र पार्टीकी उम्मेदवार तामाङले १६ हजार ६ सय ६ मत प्राप्त गरेर पराजित हुनुभएकाे छ ।

नेकपा माओवादी केन्द्रका उम्मेदवार मुक्सामहाङ्ग सुब्बाले १३ हजार ८७ मत प्राप्त गर्नुभएकाे छ ।