२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बाजुराका अयडीको हत्या भएको ९ दिनपछि दाहसंस्कार गरियो


1.56k
Shares

महेश कार्की

बाजुरा । यही मंसिर ४ गते आम निर्वाचनको दिन मतदानका क्रममा भएको विवादपछि कुटपिट गरेर हत्या गरिएक भनिएका चेतन अयडीको ९ दिनपछि परिवारद्वारा शव बुझेर सोमबार दाहसंस्कार गरिएको छ ।

अयडी नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुुका केन्द्रीय सदस्य समेत रहेका थिए । सोमबार बिहान अएडीको शव अन्तिम श्रद्धाञ्जलीका लागि खुलामञ्चमा राखिएको थियो र त्यसपछि शवयात्रा गरिएको थियो । बाजुराको त्रिवेणी नगरपालिका ७ घर भएका ३२ वर्षीय अयडीलाई मतदानको दिन त्रिवेणी ७ कै मतदान केन्द्रमा काँग्रेस र एमालेका कार्यकर्ताबीच विवाद भएपछि कांग्रेस कार्यकर्ताहरुले कुटपिट गरी गम्भीर घाइते बनाएका थिए । उनलाई सोही दिन राती उपचारका लागि अछामस्थित बयलपाटा अस्पताल लगिएको थियो । तर चिकित्सककले उनलाई अस्पताल पुर्याउँदा मृत घोषित गरेका थिए । सोही दिन चेतनको हत्या अघि प्रहरीको गोली लागेर नेपाली काँग्रेसका कार्यकर्ता सञ्जिव अयडीको मृत्यु भएको थियो । चेतनको हत्यारा पत्ता लगाउन माग गर्दै एमाले बाजुराले आन्दोलन गर्दे आइरहेको छ ।

चेतनको परिवारले हत्यामा संलग्न रहेको भन्दै २२ जना बिरुद्ध किटानी जाहेरी दिएको छ । ती मध्ये केहीलाई पक्राउ गरिएको बाजुरा प्रहरीले जनाएको छ । मंसिर ४ गते नै बाजुरामा निर्वाचन सकिएको भएपनि धाँधली भएको उजुरी परेपछि अझै मतगणना हुन सकेको छैन ।