
काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी ५ वर्षमा गोरखाका जनताले देख्ने, बुझ्ने र महशुस गर्ने गरी विकासलाई गति दिने बताउनुभएकाे छ ।
गोरखा–काठमाडौं सम्पर्क मञ्चद्वारा आज मंगलबार ललितपुरको खुमलटारमा आयोजित एक कार्यक्रममा उहाँले यस्ताे बताउनुभएकाे हाे । राजनीतिमा देखापरेका आवेग, असन्तुष्टि र निराशालाई सम्बोधन गर्ने ढंगले अघि बढ्ने बताउनुभएकाे छ। जसका लागी गोरखाली जनताको विश्वासको बलमा अघि बढ्ने उहाँको तर्क छ ।
सुशासन र विकासबाट नै जनतामा भ्रम छर्ने प्रवृतिलाई परास्त गर्न सकिने समेत उहाँले बताउनुभएकाे छ । राष्ट्रलाई एकता, समृद्धि र सुशासनतिर लैजाने उपयुक्त थलो गोरखा भएको समेत उहाँले बताउनुभयाे। गोरखाका जनताको भरोसा र विश्वासको बलमा राष्ट्रिय एकता समेत कायम गर्ने उहाँकाे भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्