१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सुनसरी-४ मा मतगणनालाई निरन्तरता दिने सहमति


195
Shares

काठमाडौं । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा मतगणनालाई निरन्तरता दिने सहमति भएको छ ।

यहाँ ३ दिनदेखि मतगणनाका क्रममा विवादपछि मतगणना स्थगित भएको थियाे । आज मंगलबार बिहान बसेको सर्वदलीय बैठकमा जुन ठाउँको मत गन्ने क्रममा विवाद भएको थियो त्यही ठाउँबाटै अगाडि बढाउने सहमति भएको हो । शंका लागेको ठाउँको सीसीटिभी फुटेज हेरेपछि मतगणनालाई निरन्तरता दिने सहमति भएको हो ।

सुनसरी–४ मा नेपाली कांग्रेस उम्मेदवार तथा सञ्चारमन्त्री समेत रहनुभएका ज्ञानेन्द्रबहादुर कार्की र नेकपा एमालेका उम्मेदवार जगदीशप्रसाद कुसियतबीच प्रतिस्पर्धा कडा भइरहेको छ । ६ सय ६ मत गडबड भएपछि कार्कीले पुनःमतगणनाको माग गर्दै आयोगमा निवेदन दिनुभएको थियो ।

तर आयोगले भने पुनःमतगणना नगरी अहिलेसम्म गणना भएको बाहेक बाँकी मतगणना गर्न निर्देशन दिएकाे थियाे।सर्वदलीय बैठकमा सहमति भएसँगै मतगणना सुरू हुन लागेको हो ।