१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


स्याङजा र बाजुरामा मतगणना गर्न आयोगको निर्देशन


962
Shares

काठमाडौं। निर्वाचन आयोगले बाजुरा र स्याङजामा मतगणना गर्न निर्देशन दिएको छ ।

आयोगको बुधबार बसेको बैठकले बाजुरा र स्याङजा क्षेत्र नम्बर २ को मतगणना गर्न निर्देशन दिएको हो ।मंसिर ४ गते भएको मतदानमा धाँधली भएको भन्दै पुनः मतदान गर्न माग गर्दै उजुरी परेपछि बाजुरा र स्याङजामा मतगणना रोकिएको थियो ।त्यसमाथि निर्णय गर्दै आयोगले पुनः मतदान नगर्ने निर्णय गरेको हो । उता दोलखामा बुथ क्याप्चरको उजुरी परेपछि दोलखाका केही मतदान केन्द्रमा मंसिर १५ गते पुनः मतदान गर्ने निर्णय आयोगले यस अघि नै गरिसकेको छ ।