
एजेन्सी । अमेरिकी अभिनेता क्लेरेन्स गिलार्ड जुनियरको निधन भएको छ ।
जुनियरको ६६ वर्षको उमेरमा सोमबार निधन भएको हो । उनी वाकर, टेक्सास रेंजर र डाइ हार्ड जस्ता फिल्महरूका लागि परिचित छन् । तर, उनको निधनको बारेमा धेरै जानकारी आएको छैन ।
जुनियरको निधनलाई युनिभर्सिटी अफ नेभाडा, लस भेगासले एक विज्ञप्तिमा पुष्टि गरेको छ। जुनियर युनिभर्सिटी अफ नेभाडा, लस भेगास कलेज अफ फाइन आर्ट्समा थिएटर र फिल्मका प्रोफेसर थिए ।
जुनियरले फिल्म, टेलिभिजन कार्यक्रम र नाटकहरूमा आफ्नो कुशल अभिनयले मानिसहरूको मनमा फरक छाप छोडेकी थिए। उनले ‘टप गन’ बाट अभिनयमा डेब्यु गरेका थिए । सन् १९८९ मा उनी ‘म्याटलक’ मा वकिलको भूमिकामा देखा परेका थिए, जसलाई दर्शकले निकै रुचाएका थिए ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार जुनियर जन्म २४ डिसेम्बर १९५५ मा वासिङ्गटनको मोसेस लेकमा भएको थियो । उनले क्यालिफोर्निया स्टेट युनिभर्सिटी, लङ बीचमा अभिनयको अध्ययन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्