
काठमाडौं । डोटीको पूर्वी चौकी गाउँपालिका–६, गाजरीका वडाअध्यक्ष पुष्पराज जोशीको निधन भएको छ ।
बुधबार गाउँ कार्यपालिकाको बैठक सकेर घर फर्किने क्रममा वडाध्यक्ष जोशीको बाटोमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
उच्च रक्तचापका बिरामी रहेका ६५ वर्षीय जोशीको हृदयघातबाट मृत्यु भएको जिल्ला अस्पताल डोटीका डा. सोहन शाहले जानकारी दिनुभयो ।
जोशीलाई जिल्ला अस्पताल डोटीमा ल्याउँदासम्म मृत्यु भइसकेको डा. शाहले बताउनुभयो ।
जोशी नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।
प्रतिक्रिया दिनुहोस्