१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सुनसरी–४ बाट काँग्रेसका ज्ञानेन्द्र कार्की निर्वाचित


910
Shares

काठमाडौं । सुनसरी क्षेत्र नम्बर ४ बाट नेपाली काँग्रेसका उम्मेदवार एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की निर्वाचित हुनुभएको छ ।

कार्कीले निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार जगदिश प्रसाद कुसियैतलाई १ सय १२ मतान्तरले पराजित गर्नु भएको हो ।

कार्कीले ३० हजार ४ सय ८३ मत ल्याएर निर्वाचित हुनुभएको हो । एमाले उम्मेदवार कुसियैतले ३० हजार ३ सय ७१ मत प्राप्त गर्नुभयो ।

कार्की २०७४ सालमा पनि यहि निर्वाचन क्षेत्रबाट विजयी बन्नु भएको थियो ।