
काठमाडौं । प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रमध्ये अब तीन वटा क्षेत्रको मात्रै नतिजा आउन बाँकी छ ।
मत गणना भईरहेका तीन क्षेत्र मध्ये स्याङ्जा–२ र बाजुरामा नेपाली कांग्रेसले अग्रता लिईरहेको छ भने दोलखामा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार अगाडि छन् ।
पछिल्लो मत परिणाम अनुसार स्याङ्जा–२ मा कांग्रेसका धनराज गुरुङले ११ हजार ९२० मत प्राप्त गर्दा नेकपा (एमाले) की उम्मेदवार पद्मा अर्यालले ९ हजार ५०२ मत पाउनु भएको छ । त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ५ हजार १९२ मत पाउनु भएको छ ।
यस्तै, बाजुरामा कांग्रेसका बद्रि पाण्डेले ४ हजार २१४ मत पाउँदा एमालेका उम्मेदवार कर्ण थापाले ३ हजार ६६ मत प्राप्त गर्नुभएको छ ।
यता, दोलखामा बिहीबार रातिदेखि सुरू भएको मत गणनामा माओवादीका उम्मेदवार गंगा कार्की १ हजार ६५४ मतसहित अगाडि रहँदा एमाले उम्मेदवार बालकृष्ण शिवाकोटीले ९११ मत पाउनु भएको छ भने स्वतन्त्र उम्मेदवार जगदीश खरेलले ११८ मत पाउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्