
काठमाडौं । स्याङ्जा निर्वाचन क्षेत्र नं. २ (१) बाट नेपाली कांग्रेसका भोजराज अर्याल विजयी हुनुभएको छ ।
नेकपा (एमाले) का मोहन प्रसाद रेग्मीलाई २ हजार ७३० मतान्तरले पछि पार्दै अर्याल विजयी हुनुभएको हो ।
अर्यालले १५ हजार १६१ मत ल्याउनुभयो भने उहाँको निकटम प्रतिस्पर्धी रेग्मीले १२ हजार ४३१ मत ल्याउनुभयो ।
रेग्मी २०७४ सालमा सोही क्षेत्रबाट ३ हजार बढी मतान्तरले निर्वाचित हुनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्