८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


धनगढीमा निषेधाज्ञा तोडियो


1.482k
Shares

कैलाली । धनगढीमा कर्फ्यु तोडेर आज पनि विद्यार्थीले आन्दोलन गरिरहेका छन् । जिल्ला प्रशासन कार्यालय कैलालीले हिजो साँझ ७ बजेदेखि आज साँझ ७ बजेसम्मका लागि कर्फ्यु जारी गरेको थियो ।

प्रशासनले २४ घण्टाका लागि धनगढीलाई निषेधित क्षेत्र घोषणा गरे पनि विद्यार्थीले भने आज बिहानैबाट आन्दोलन गरिरहेका हुन् । प्रशासनले पूर्वमा धनगढी उपमहानगरपालिका–१ पुष्पलाल चोक, पश्चिममा धनगढी–४ रातोपुल, उत्तरमा धनगढी–५ सामुदायिक प्रहरी सेवा केन्द्रको भवन र दक्षिणमा धनगढी–१ र २ स्थित हुलाकी राजमार्गलाई निषेधित क्षेत्र घोषणा गरेको थियो । विद्यार्थीले डिभोटी चोकमा आन्दोलन गरिरहेका हुन् ।

हिजो धनगढीमा ग्रेडरले किचेर पञ्चोदय मावि कक्षा ८ मा अध्ययनरत अन्दाजी १४ वर्षीया छात्रा चेतना साउदको मृत्य भएको थियो । धनगढी–५ तारानगरकी साउदको हसनपुर पिपलचौतारा नजिक पानीपिच गरिरहेको ना १ क ९७५ नम्बरको कालिका कन्स्ट्रक्सनको ग्रेडरले लेबल मिलाउँदै ब्याक गर्ने क्रममा किच्दा मृत्यु भएको थियो ।

उनको मृत्युपछि विद्यार्थी आन्दोलनमा उत्रिएका थिए । उनीहरूले सडकमा टायर जलाउँदै प्रदर्शन गरेका थिए । आन्दोलकै क्रममा दुई दर्जन भन्दा बढी विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।