१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बाजुराको बुढीगंगा–३ मा मुचुल्का भन्दा बढी मत, प्रदेश (ख) को पनि मतगणना स्थगित


897
Shares

महेश कार्की

बाजुरा । बाजुराको मतगणनाको बुढीगंगा नगरपालिका–३ मा मुचुल्कामा भएका मत भन्दा ९८ मत बढी देखिएको छ ।
मत गणना गर्दा मुचुल्का भन्दा ९८ मत बढी देखिएपछि प्रदेश (ख) को पनि मतगणना स्थगित गरिएको छ ।

बुढीगंगा–३ नेकपा एमालेका प्रदेश सभा उमेदवार लाल बहादुर थापाको गृह वडा हो । यसअघि आजै बिहान हिमाली गाउँ पालिकाको मतगणनामा मुचुल्का भन्दा बढी मत आएपछि गणना स्थगित गरिएको थियो । बाजुरामा प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मतदान मंसिर ४ गते नै भएको थियो । तर मतदानमा धाँधली भएको भन्दै निर्वाचन आयोगमा उजुरी परेपछि मतगणना हुन सकेकने थिएन ।

आयोगले गत बुधबार मतगणना गर्न निर्देशन दिएपछि बिहिबार सर्वदलीय बैठकमा सहमती जुटेपछि मतगणना शुरु भएको थियो । तर मुचुल्का भन्दा बढी मत भेटिएपछि गणना स्थगित भएको छ । बाजुरामा प्रतिनिधि सभा तर्फ एउटा निर्वाचन क्षेत्र रहेको छ भने प्रदेश सभातर्फ २ वटा क्षेत्र रहेका छन् ।