१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


निर्वाचन-२०७९ : राेकियाे दोलखामा मतगणना


6.747k
Shares

काठमाडाैं । दोलखामा मतगणना राेकिएकाे छ । प्रतिनिधिसभा प्रत्यक्ष तर्फको मतगणनाका क्रममा कुल खसेको मत नपुगेपछि मतगणना राेकिएकाे हाे ।

कालिन्चोक गाउँपालिका १ को कुल खसेको मतमा १४७ मत नभेटेपछि मतगणना राेकिएको जिल्ला निर्वाचन कार्यालय दाेलखाले जनाएकाे छ ।

दोलखामा पछिल्लो मतपरिणाम अनुसार गठबन्धनबाट (माओवादी केन्द्र) उम्मेदवार गंगा कार्कीले ५ हजार ३५ मत पाएका छन् भने एमालेका बालकृष्ण शिवाकोटीले २९२८ मत प्राप्त गरेका छन् ।