१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘प्रेम गीत ३’ का निर्माता सन्तोष सेनविरुद्ध ५ कराेड ठगीको उजुरी


5.382k
Shares

काठमाडाैं । फिल्म ‘प्रेम गीत ३’ निर्माता सन्तोष सेनविरुद्ध ठगीको उजुरी परेको छ ।

सिक्किमका रामगोपाल राईले सेनविरुद्ध चलचित्र निर्माता संघमा झन्डै ५ कराेड ठगीको उजुरी दिएका हुन् ।

उनले सेनविरुद्ध ४ करोड ८४ लाख ५० हजार ठगीको आरोप लगाउँदै उजुरी दिएका हुन् ।

फिल्मको डिजिटल राईटस् दिन्छु भनि आफूसँग पैसा लगेको र पटक–पटक डिजिटल राइटका लागि फिल्मको कपी माग्दा नदिएको राईले उजुरीमा उल्लेख गरेका छन् ।

यस सम्बन्धमा निवेदन दर्ता भएर प्रक्रियागत रुपमा अगाडि बढेको निर्माता संघले जनाएको छ ।