
फाइल तस्वीर
कपिलवस्तु । कपिलवस्तुमा भारतीय नागरिकमाथि गोली प्रहार भएकाे छ ।
मायादेवी गाउँपालिका वडा नं. ४ चाकरचौडामा रहेको एक होटलमा बसेका भारतीय नागरिक ३५ वर्षीय ईरशाद खानमाथि गोली प्रहार भएकाे हाे ।
भारत सिद्धार्थनगर जिल्लाको अलिगढवा निवासी खानमाथि गएराति दुई गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएकाे छ ।
चाकरचौडा बजारको एक होटलमा रहेका खानलाई काँध र कम्मरमा गरी दुई गोली लागेको कपिलवस्तुका प्रहरी उपरीक्षक प्रेमबहादुर बस्नेतले बताउनु भयाे ।
उहाँका अनुसार गोली लागेर घाइते भएका खानलाई उपचारको लागि भारतको गोरखपुर मेडिकल कलेज पुर्याइएको छ ।
गोली हान्ने समूहको खोजीकार्य भइरहेको उहाँले बताउनु भयाे ।
प्रतिक्रिया दिनुहोस्