
काठमाडौं । प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रमध्ये अब तीन वटा क्षेत्रको मात्रै नतिजा आउन बाँकी छ ।
मत गणना भइरहेका तीनवटै क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवार अगाडि रहेका छन् ।
पछिल्लो मत परिणामअनुसार स्याङ्जा–२ मा नेपाली कांग्रेसका धनराज गुरुङले १७ हजार २२१ मत प्राप्त गर्दा नेकपा (एमाले) की उम्मेदवार पद्मा अर्यालले १५ हजार ९०८ मत पाउनुभएको छ ।
यसैगरी, दोलखामा जारी मत गणनामा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार गंगा कार्की ६ हजार ५७७ मतसहित अगाडि रहँदा एमालेका बालकृष्ण शिवाकोटीले ५ हजार ७८१ मत पाउनु भएको छ । दोलखामा माओवादी उम्मेदवार दोब्बर मतले अघि रहेका छन् ।
यस्तै, बाजुरामा कांग्रेसका बद्रीप्रसाद पाण्डेले ११ हजार ७६ मत पाउनु भएको छ । उहाँलाई नेकपा एमालेका कर्णबहादुर थापाले ८ हजार ८५२ मतसहित पछ्याइरहनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्