२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


विश्वकप फुटबल : आजबाट नकआउट चरणका खेल सुरू


2.444k
Shares

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा आज शनिबारबाट नकआउट चरणका खेलहरु सुरु हुँदैछन् । शनिबार चरणका दुई खेलहरु हुनेछन् ।

शनिबार राति पौने ९ बजे सुरु हुने खेलमा नेदरल्यान्ड्स र अमेरिका भिड्ने छन् ।

नेदरल्यान्ड्स समूह ‘ए’ को विजेता बन्दै नकआउट चरणमा पुगेको हो भने अमेरिका समूह ‘बी’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो ।

दुवै टोली जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा रहेका छन् ।

शनिबार राति पौने १ बजे हुने खेलमा अर्जेन्टिना र अष्ट्रेलिया भिड्ने छन् ।

अर्जेन्टिना समूह ‘सी’ को विजेता बन्दै नकआउट चरणमा पुगेको हो भने अष्ट्रेलिया समूह ‘डी’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो ।

अर्जेन्टिना अष्ट्रेलियालाई हराएर क्वाटरफाइनलमा पुग्न चाहन्छ भने अष्ट्रेलिया पनि अर्जेन्टिनालाई हराएर क्वाटरफाइनलमा पुग्न चाहन्छ ।