१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


यी हुन्, प्रतिनिधि सभा जित्ने माओवादी उम्मेदवारहरू (सूचीसहित)


2.353k
Shares

काठमाडौं । प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रमध्ये हालसम्म १६२ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ । बाजुरा, स्याङ्जा–२ र दोलखामा अहिले मतगणना जारी रहेको छ ।

अहिलेसम्म घोषित परिणामअनुसार नेकपा (माओवादी केन्द्र) १७ स्थानमा विजयी हुँदै तेस्रो स्थानमा रहेको छ । यस्तै, दोलखामा जारी मतगणनामा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले अग्रता कायम गर्नुभएको छ ।

यी हुन् माओवादी केन्द्रबाट विजयी उम्मेदवार :

प्रदेश १

१. सुदन किराती – भोजपुर
२. अमन लाल मोदी – मोरङ्ग क्षेत्र नं. ४
३. राम कुमार राई – खोटाङ्ग

मधेश प्रदेश

४. महिन्द्र राय यादव – सर्लाही क्षेत्र नं. २

बागमती प्रदेश

५. लेख नाथ दाहाल – सिन्धुली क्षेत्र नं. २
६. हित बहादुर तामाङ – नुवाकोट क्षेत्र नं. १
७. सुर्य मान तामाङ (दोङ) – काभ्रेपलाञ्चोक क्षेत्र नं. १
८. माधव सापकोटा – सिन्धुपाल्चोक क्षेत्र नं. १

गण्डकी प्रदेश

९. पुष्प कमल दाहाल प्रचन्ड – गोरखा क्षेत्र नं. २
१०. देवेन्द्र पौडेल – बागलुङ क्षेत्र नं. २

लुम्बिनी प्रदेश

११. बर्षमान पुन – रोल्पा
१२. पूर्ण बहादुर घर्ति मगर – रुकुम पूर्व
१३. रेखा शर्मा – दाङ क्षेत्र नं. २

कर्णाली प्रदेश

१४. महेन्द्र बहादुर शाही – कालिकोट
१५. छिरिङ डम्डुल लामा (भोटे) – हुम्ला
१६. शक्ति बहादुर बस्नेत – जाजरकोट
१७. जनार्दन शर्मा – रुकुम पश्चिम