
काठमाडौं । लोकदोहोरी गायिका कल्पना दाहालले प्रेमी पुण्यप्रसाद आचार्यसँग विवाह गरेकी छन् ।
अमेरिकामा बस्दै आएका प्रेमी पुण्यसँग गत जेठमा कल्पनाले ईंगेजमेन्ट गरी अदालतमा कानूनी विवाह गरेकी थिइन् ।
उनीहरूले शुक्रबार परम्परागत रितिअनुसार ललितपुरको इमाडोलस्थित एक पार्टी प्यालेसमा भव्य विवाह गरेका हुन् ।
लामो समयदेखि सांगेतिक क्षेत्रमा सक्रिय कल्पनाको विवाहमा थुप्रै कलाकारहरू उपस्थित भएका थिए ।
प्रतिक्रिया दिनुहोस्