
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमाहासचिव गिरिराजमणी पोखरेलले विकृत निर्वाचनले लोकतन्त्रको सवल पक्षलाई कमजोर बनाउँदै लगेको आरोप लगाउनु भएको छ ।
महोत्तरीमा शनिबार आयोजित पत्रकार भेटघाटमा उहाँले निर्वाचनको विकृत पक्ष झाँङ्गिदै गएकोप्रति चिन्ता व्यक्त गर्दै वामपन्थी समेत यो चेतबाट पृथक नरहेको धारणा राख्नुभयो ।
संविधान जारी हुँदा पनि निर्वाचन प्रणाली र शासकीय स्वरुपको विषयमा जोडदार आवाज उठाउँदै आएको जिकिर गर्दै आफूहरूले भनेजस्तो नभएको हुनाले यसको औचित्य पनि पुष्टि हुँदै गएको बताउनुभयो ।
उहाँले निर्वाचनको विषयमा सोच्न बाध्य बनाएको र यस विषयमा छलफल चलाउन पार्टी, बौद्धिक वर्ग र नागरिक समाजसँग आग्रहसमेत गर्नुभयो ।
चुनाव परिचालनका नाममा हुने अघोषित शक्ति प्रदर्शनले चुनाव थप विकृत बन्दै गएको उहाँको आरोप थियो ।
प्रतिक्रिया दिनुहोस्