११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


सामान्यतया आज मौसम सफा हुने


0
Shares

काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन ।

आज (आइतबार) बिहान देशका पहाडी भू-भागका केही स्थानमा आंशिक बदली रहेको छ । अन्य भू-भागमा भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आइतबार दिउँसो भने प्रदेश-१ र गण्डकी प्रदेशका पहाडी भू-भागमा भने आंशिक बदली हुनेछ । त्यस्तै, बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

आइतबार राति भने बागमती प्रदेश, मधेश प्रदेश लगायत लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र प्रदेश-१ का पहाडी भू-भागका केही स्थानहरुमा आंशिक बदली हुनेछ । साथै बाँकी भू-भागमा मौसम सामान्यतया सफा हुने महाशाखाले जनाएको छ ।