१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


माओवादी पदाधिकारी बैठक बस्दै


858
Shares

काठमाडौं । सत्तारुढ दल नेकपा (माओावादी केन्द्र) को आज आइतबार पदाधिकारी बैठक बस्दैछ ।

बैठक दिउँसो २ बजेपछि कोटेश्वरस्थित पेरिसडाँडा पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ ।

बैठकमा आम निर्वाचनको समीक्षा र अब बन्ने नयाँ सरकार निर्माणका बारेमा छलफल हुनेछ ।

शनिबार पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले माओवादीको नेतृत्वमा सरकारमा जान विकल्प खुला गरेको बताएको थियो । आइतबारको बैठकले पनि सरकारमा जानका लागि गठबन्धनलाई नै निरन्तरता दिने वा नेकपा (एमाले) सँग सहकार्य गरेर अघि बढ्ने भन्ने बारेमा छलफल गर्ने जनाइएको छ ।