१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दोलखामा एमालेका बालकृष्ण शिवाकोटीकाे अग्रता कायमै

अब दोलखाकाे मात्रै नतिजा आउन बाँकी

884
Shares

काठमाडौं । प्रतिनिधि सभाका १ सय ६५ निर्वाचन क्षेत्र मध्ये अब दोलखाकाे एक क्षेत्रको मात्रै नतिजा आउन बाँकी रहेकाे छ ।

दोलखामा नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले अग्रता लिनुभएको छ । आज (आइतबार) बिहानसम्म शिवाकोटीले १७ हजार ५ सय २८ मत प्राप्त गरेर अग्रता कायमै राख्नुभएकाे हाे । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले १५ हजार ७ सय मत प्राप्त गरेर पछ्याईरहनुभएकाे छ ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जगदीश खरेलले २ हजार ४ सय ६० मत प्राप्त गर्नुभएको छ ।