
एजेन्सी । दक्षिण भारतीय अभिनेत्री हंसिका मोटवानी र प्रेमी सोहेलको आज आइतबार जयपुरको ४५० वर्ष पुरानो किल्लामा विवाह हुँदैछ ।
उनीहरुले विवाहपूर्वका विभिन्न कार्यक्रम पनि सोही किल्लामा गरेका थिए । जयपुरको दरबारमा डिसेम्बर २ अर्थात शुक्रबार संगीत समारोहमा सुफी नाइटको आयोजना गरिएको थियो । त्यस्तै, ३ डिसेम्बरमा अर्थात शनिबार मेहन्दी समारोह सम्पन्न भएको थियो भने ४ डिसेम्बर अर्थात आइतबार विवाह समारोह हुँदैछ ।
हंसिकाको विवाहकाे साइत गत साता मुम्बईमा माताकी चौकीबाट सुरु भएको थियो । केही दिनअघि उनले आफ्नो साथीहरूसँग ब्याचलर पार्टी पनि मनाएकी थिइन् । उनले उक्त पार्टी ग्रीसमा मनाएकी हुन् ।
उनीहरूले करिब २ वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागेका हुन् । सोहेल लामो समयदेखि हंसिकाको बिजनेस पार्टनर रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्