
काठमाडौं । सत्ता गठबन्धनको बैठक आज सोमबार बस्दैछ । निर्वाचन परिणाम अन्तिम चरणमा पुगेकाले गठबन्धनको बैठक डाकिएको हो ।
दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा निर्वाचनको समीक्षा र नयाँ सरकार गठनलगायतका विषयमा छलफल हुने एक नेताले जानकारी दिनुभयो ।
सत्ता गठबन्धनमा रहेका दलहरु मध्ये नेपाली कांग्रेसले ५७ स्थान जितेको छ । नेकपा (माओवादी केन्द्र) ले १७, नेकपा (एकीकृत समाजवादी) ले १० स्थान, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले चार र राष्ट्रिय जनमोर्चाले एक स्थानमा जितेका छन ।
नयाँ सरकारमा गठनमा पनि गठबन्धनलाई कायमै राख्ने रणनीतिम गठबन्धन रहेको छ । तर, गठबन्धनको मात्रै बहुमत नपुग्ने भएकाले नयाँ दल तथा स्वतन्त्र उम्मेदवारहरुको पनि साथ खोज्नुपर्ने बाध्यता उनीहरुलाई रहेको छ ।
साथै राष्ट्रपति, उपराष्ट्रपति, सभामुखको भागवण्डा र कुन पार्टीले सुरूमा सरकारको नेतृत्व गर्ने भन्ने विषय निकै जटिल रहेको छ ।
प्रतिक्रिया दिनुहोस्