
काठमाडौं । इन्डोनेसियाको सेमेरु पर्वतमा ज्वालामुखी विस्फोट हुँदा खरानीले आकाश ढाकिएको छ ।
साथै लाभा निरन्तर बगिरहेको छ । ज्वालामुखी विस्फोटपछि मुख्य द्वीप जाभाबाट मानिसहरूलाई अन्यत्र सुरक्षित गन्तव्यतर्फ लगिएको छ । स्थानीय प्रशासनले ज्वालामुखीको चेतवानीको स्तर अत्यन्तै उच्च रहेको भन्दै यसले भयावह स्थिति निम्तिने चेतावनी दिएको छ ।
ज्वालामुखी विस्फोटका कारण २ हजार मानिसहरूलाई ज्वालामुखी प्रभावित क्षेत्रबाट सारिएको छ । राष्ट्रिय विपत्ति रोकथाम निकायले ति गाउँबाट अन्यत्र लगिएकाहरूमा बालबालिका तथा वृद्धवृद्धाहरू पनि रहेको जनाएको छ । मानिसहरूलाई सेमेरु पहाडबाट कम्तिमा ८ किलोमिटर टाढा रहन सल्लाह दिइएको छ ।
इन्डोनेसियाको ज्वालामुखी तथा भौगोलिक विपत्ति रोकथाम केन्द्रका प्रवक्ताले खतराको स्तर ३ देखि ४ निर्धारण गरिएकाले स्थानीय बासीन्दाका बस्ती खतरामा परेको बताएका बताएका छन् । यसअघिको ज्वालामुखी विस्फोटका कारण क्षति ग्रस्त भएको त्यहाँको एउटा पुल अहिले पुनः निर्माण भइरहेको छ ।
ज्वालामुखी पहाड वरपरका गाउँमा अहिले मनसुनी वर्षा पनि जारी रहेकाले सर्वसाधारण थप मारमा परेका छन् ।
प्रतिक्रिया दिनुहोस्