
काठमाडौं । राजधानीमा जारी यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज सोमबार सुदुरपश्चिम प्रदेश र लुम्बिनी प्रदेश प्रतिस्पर्धा गर्दैछन् । उपाधिका लागि बिहान ९ कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा यी दुई टिमबीच प्रतिस्पर्धा हुन लागेको हो ।
समूह चरणको खेलमा अपराजित रहदै साबिकको उपबिजेता सुदुरपश्चिम फाइनल पुगेको हो । डिफेन्डिङ च्याम्पियन लुम्बिनी भने समूह चरणका ६ मध्ये ५ खेलमा विजयी भएर फाइनलमा पुगेको हो ।
प्रतियोगितामा प्रदेश–१, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको सहभागिता रहेको थियो ।
प्रतियोगिताको विजेताले २ लाख नगद प्राप्त गर्दा उपविजेताले १ लाख नगद पाउने छन् । यस्तै प्लेयर अफ द सिरिज बन्ने खेलाडीले १५ हजार तथा उत्कृष्ट बलर र ब्याट्सम्यानले १०/१० हजार पाउने छन् ।
प्रतिक्रिया दिनुहोस्