१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


लुम्बिनी प्रदेशको राजधानी रातारात दाङ सारियो


9.295k
Shares

काठमाडौं । लुम्बिनी प्रदेशको राजधानी रातारात दाङ सारिएको छ । सरोकारवाला विभिन्न पक्षहरूको विरोधका बावजुद लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ रातारात सारिएको हो ।

रुपन्देहीका विभिन्न राजनीतिक दलहरूले हतारमा राजधानी नसार्न माग गर्दै आए पछि मुख्यमन्त्रीको कार्यालय र विभिन्न प्रदेशका मन्त्रालयहरू रातारात दाङको भालुवाङ सारिएको हो ।

काम चलाऊ प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीको निर्देशनमा प्रदेशका मन्त्रालयहरू दाङ सारिएको हो । नयाँ सरकार बनेपछि आवश्यक पूर्वाधार बनाएर मात्रै स्थायी राजधानी सार्नुपर्ने माग रुपन्देहीका नेताहरूले गर्दै आएका थिए ।

बुटवलमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सामग्री दुई दिन अघि रातिको समयमा तीन वटा ट्रकमा लोड गरी दाङ पुर्‍याइएको खुलासा भएको हो ।