
एजेन्सी । भारतीय अभिनेत्री नीना गुप्ता छिट्टै एक्सन फिल्ममा देखिने भएकी छन् ।
हालै भारतीय सञ्चार माध्यामसँग कुरा गर्दै ६३ वर्षीया नीनाले एक्सन फिल्म गर्न राजी भएको खुलासा गरेकी हुन् । नीनाको आगामी फिल्म ‘वध’ ९ डिसेम्बरमा रिलिज हुने भएकाे छ ।
फिल्मको कुरा गर्दै नीनाले भनिन्, ‘छायाँकनमा क्रममा शारीरिक रूपमा धेरै समस्या झेल्नुपरेको थियो । हामीले ग्वालियरमा ४५ डिग्रीमा शूट गरेका थियौं। त्यतिबेला मेरो पूरै शरीरमा एलर्जी हुन्थ्यो । त्यो मौसममा सुटिङ गर्न निकै गाह्रो थियो । हाम्रो घर जहाँ छायाँकनको लागि थियो, त्यहाँ धेरै फोहोर थियो । स–साना गल्लीहरू पार गर्नुपर्यो ।’
उनले थप कुरा गर्दै अब आउने फिल्ममा उनी एक्सन भूमिकामा देखिने बताएकी छन् । यो फिल्ममा उनी एक्सन वुमनको भूमिकामा देखिने छन् । उनले एक्सन फिल्ममा काम गर्न पाउनु आफ्नो लागि गौरव र खुशीको कुरा भएकाे बताएकी छन् ।
प्रतिक्रिया दिनुहोस्