
काठमाडौं । अमेरिकी संस्करणको टिभी रियालिटी शो ‘द भ्वाइस’को अन्तिम आठबाट नेपाली मूलकी किशोरी परिजिता बाँस्तोला बाहिरिएकी छन्
सोमबार अर्थात डिसेम्बर ५ का दिन सशक्त प्रस्तुति गरेकी परिजिता सेमिफाइनलबाट बाहिरिएकी हुन् । मंगलबार राति अर्थात नेपाली समयानुसार बुधबार बिहान भएको घोषणामा उनी बाहिरिएका छन् ।
सेमिफाइनलसम्म उत्कृष्ट प्रस्तुति दिएकी परिजिताले कम भोटका कारण फाइनल यात्रा तय गर्न सकिनन् ।
एकपछि अर्को चरणमा राम्रो प्रस्तुति दिँदै आएकी परिजिता कोच जोन लिजेन्डको समूहमा थिइन् ।
प्रतिक्रिया दिनुहोस्