
काठमाडौं । वन तथा वातावरण मन्त्रालय अन्तर्गत वातावरण विभागले आगामी पुस १ गतेपछि प्रदूषण परीक्षणमा फेल हुने सवारी साधनहरुलाई चर्को जरिवाना गर्ने चेतावनी दिएको छ ।
हिउँद लागेसँगै उपत्यकामा वायु प्रदूषणको मात्रा बढेको र त्यसमा सवारी साधनबाट निस्कने धुवाँ मुख्य जिम्मेवार देखिएको भन्दै विभागले आफ्नाे सवारी साधनलाई दुरूस्त राख्न आग्रह समेत गरेको हो । पुस १ गतेपछि नियमित प्रदूषण परीक्षण गर्ने भन्दै विभागले मापदण्ड भन्दा बढी प्रदूषण गर्ने सवारी साधनलाई १ लाख रुपैयाँसम्म जरिवाना गर्ने चेतावनी पनि दिएको छ।
हाल सवारी साधनहरुको छड्के जाँच गर्दा मापदण्ड भन्दा बढी प्रदूषण गरिरहेको पाइएको विभागले जनाएकाे छ । पुस १ गते अघि नै पनि जुनसुकै बेला सवारी साधनहरुमा प्रदूषणको मापदण्ड जाँच हुन सक्ने छ ।
प्रतिक्रिया दिनुहोस्