
एजेन्सी । दक्षिण भारतीय अभिनेता कृष्णा जी रावको निधन भएको छ ।
भारतीय सञ्चार माध्यमका अनुसार उनको ७० वर्षको उमेरमा निधन भएको हो ।
कृष्णा लामो समयदेखि बिरामी थिए । उनलाई उपचारका लागि बैंगलोरको एक अस्पतालमा आईसीयूमा भर्ना गरिएको थियो । उनले बुधबार राति सोही अस्पतालमा निधन भएको हो । तर, उनी कुन रोगबाट पीडित थिए भन्ने अहिलेसम्म थाहा हुन सकेको छैन ।
कृष्णको निधनले फिल्म उद्योग स्तब्ध भएको छ । कृष्णलाई सामाजिक सञ्जाल मार्फत कलाकार तथा उनका प्रशंसकले श्रद्धाञ्जली दिएका छन् । उनी अभिनेता यश अभिनित र प्रशान्त नील द्वारा निर्देशित फिल्म ‘केएफजी’ मा देखिएका थिए । उक्त फिल्ममा उनले दृष्टिविहीन वृद्धको भूमिका निभाएका थिए । यस बाहेक उनले थुप्रै फिल्ममा काम गरेका छन् ।
कृष्णाले आफ्नो करियरमा धेरै फिल्ममा काम गरेका भएता पनि उनले वास्तविक पहिचान केजीएफबाट पाए । फिल्ममा कृष्णाको कामको निकै प्रशंसा भएको थियो । ‘केजीएफ’ मा काम गरेपछि उनले करिब ३० वटा फिल्ममा लगातार काम गरे । उनले कलाकार मात्र नभएर आफ्नो करियरमा केही दशकसम्म सहायक निर्देशकको रूपमा पनि काम गरेका थिए ।
कृष्णा अभिनित अन्तीम फिल्म ‘नानो नारायणपुर’ रिलिजको तयारीमा छ । जसमा उनको महत्वपूर्ण भूमिका रहेको छ ।
प्रतिक्रिया दिनुहोस्