८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


देशभरकाे माैसमकाे अवस्था आज कस्ताे छ त ?


78
Shares

काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन।

आज (शुक्रबार) बिहान देशका पहाडी भू-भागका केही स्थानहरूमा आंशिक बदली रहेको छ । त्यस्तै, बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शुक्रबार दिउँसो भने प्रदेश-१ र गण्डकी प्रदेशका पहाडी भू-भागमा भने आंशिक बदली हुनेछ । त्यस्तै, बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहनेछ।

शुक्रबार राति भने प्रदेश-१, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा भने आंशिक बदली हुने भएको छ । साथै बाँकी स्थानहरुमा भने मौसम सामान्यतया सफा हुने महाशाखाले जनाएको छ ।