१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सर्वोच्च अदालत परिसरमा सुरक्षा व्यवस्थामा कडाई

चोलेन्द्रले प्रवेश गर्ने गेट बन्द

208
Shares

काठमाडौं । सर्वोच्च अदालत परिसरको सुरक्षा व्यवस्था आज (शुक्रबार) कडा बनाइएकाे छ ।

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई संघीय संसदका महासचिव भरतराज गौतमले निलम्बन फुकुवाको पत्र दिएको विरोधमा कानून व्यवसायीहरु आन्दोलित भएपछि सुरक्षा व्यवस्था कडा पारिएको हो । सर्वोच्चभित्र र बाहिर उल्लेख्य संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएकाे छ । सर्वोच्च अगाडिको सडक रामशाहपथमा सुरक्षाकर्मीका ३ वटा ट्रकहरु समेत रहेका छन् ।

सर्वोच्चभित्र अनाधिकृत व्यक्ति प्रवेश नगरून भनेर समेत चेकजाँच कडा बनाइउकाे छ । आगन्तकुहरुलाई प्रहरीले उनीहरुको परिचय पत्र हेरेर र भित्र जानुको कारणकाे बारेमा सोधेर मात्रै सर्वोच्चमा प्रवेश गर्न दिएकाे छ । सम्भावित अप्रिय घटना नहोस् भनेर सुरक्षाकर्मीको व्यवस्थापनमा कडाई गरिएकाे छ ।