
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का संयोजक धर्मेन्द्र बाँस्तोलाले वर्तमान राज्य प्रणाली रहिराखे कम्युनिष्टको नाममा भोट थाप्नेहरु नामेट भएर जाने बताउनुभएको छ ।
आज काठमाडौंमा आयोजित ‘नेपाली कम्युनिस्ट आन्दोलनको आगामी दिशा’ विषयक अन्तरक्रियामा बोल्दै बाँस्तोलाले संसदवादी कम्युनिष्ट पार्टीहरु नीति, सिद्धान्तबिहीन भएको बताउनुभएको हो ।
उहाँले संसदवादी दल कम्युनिष्टको नाममा विकृत र भ्रष्ट भएको भन्दै उनीहरु जनताको पक्षमा नरहेको बताउनुभयो ।
साम्राज्यवादी शक्तिले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई निर्वाचनबाट परास्त गरेको भन्दै संयोजक बाँस्तोलाले निर्वाचनबाट नयाँ शक्ति उदयको नाटक देखाइएको टिप्पणी गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्